[Lyrics for Anju Panta – Atit Haru Baljhiyera]
अतितहरु बल्झिएर
फेरी मुटु रेट्ने डरले
अतितहरु बल्झिएर
फेरी मुटु रेट्ने डरले
निदाउनै छाडे तिमीलाई
निदाउनै छाडे तिमीलाई
सपनिमा भेट्ने डरले
अतितहरु बल्झिएर…
सक्ने भए सपना आउने
बाटो सबै थुन्ने थिएँ
सक्ने भए सपना आउने
बाटो सबै थुन्ने थिएँ
तिमीले जस्तै मैले पनि
तिमीले जस्तै मैले पनि
नयाँ संसार चुन्ने थिएँ
नयाँ संसार चुन्ने थिएँ
आँशु लुकाई हाँसेकी छु
हल्लाहरु चल्ने डरले
आँशु लुकाई हाँसेकी छु
हल्लाहरु चल्ने डरले
तिम्रो तस्बिर हेर्नै छाडे…
तिम्रो तस्बिर हेर्नै छाडे…
कलेजी यो जल्ने डरले
अतितहरु बल्झिएर…
आउँछौ किन कल्पनामा
नाउ भुल्न गार्हो हुन्छ
आउँछौ किन कल्पनामा
नाउ भुल्न गार्हो हुन्छ
ॠतुसँगै पात फेरी
ॠतुसँगै पात फेरी
यो मन फुल्न गार्हो हुन्छ
यो मन फुल्न गार्हो हुन्छ
हिंडेकी छु चुप लागेर
आफ्नै बदनाम हुने डरले
हिंडेकी छु चुप लागेर
आफ्नै बदनाम हुने डरले
मेरो पिडा सुन्यौ भने…
मेरो पिडा सुन्यौ भने…
न्याउली सँगै रुने डरले
अतितहरु बल्झिएर…