Read Time:28 Second
[Lyrics for Anju Panta – Dherai Basai Sarai Hunchha]
धेरै बसाई सराइ हुन्छ तिम्रो शहरमा,
छिमेकी नै पराइ हुन्छ तिम्रो शहरमा।
माया, प्रेम र इज्वत भन्दा पैसै ठुलो मानिन्छ यहाँ,
ज्यानको मोल-मोलाई हुन्छ तिम्रो शहरमा ।
जाली, फटाहा, ठग बहेक इमान्दारको त यहाँ,
भोकभोकै मराई हुन्छ तिम्रो शहरमा।