[Lyrics for Aruna Lama – Hera Na Hera Kancha]
हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन।
सुम्पिए हृदय तिमीलाई, हृदय मेरो नतोड।
जीवनको बाटो छ लामो, एकलै बिचमा नछोड।
आकाश धर्ती साछी छ, हृदयको माया तिम्रै हो।
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो।
हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।
जोवन हाम्रो एकबाजी, फूलेको सम्झ मायामा।
हृदयको माया मेरो, एकबाजी सुम्पेको सम्झना।
सुम्पेको तिम्रो त्यो माया, भुलाउने छैन आजन्म।
सम्झना राख्ने छु सधै, बाँधेको बाचा मायामा।
हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन।