Skip to content
Home » Explore Song Lyrics » Basanta Sapkota – Mero Ghaule Lyrics

Basanta Sapkota – Mero Ghaule Lyrics

  • by
Read Time:1 Minute, 27 Second

[Lyrics for Basanta Sapkota – Mero Ghaule]

मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई
देशलाई घाउ भयो भने दुख्छ सबैलाई
जतन गरि अघि बढौ नहोस घाउ कसैलाई
हुन नदिउ कसै बारे घाउ खत ठेसलाई
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई

देश दुखे सबैलाई पिडा हुन्न सुख कसैलाई
आमाको मुहार हसिलो पाउदा खुसि मिल्छ सबैलाई
देश दुखे सबैलाई पिडा हुन्न सुख कसैलाई
आमाको मुहार हसिलो पाउदा खुसि मिल्छ सबैलाई
मेची र काली हिमाल पहाड तराइ मधेश
एक जुट भै फैलाउ हामि शान्तिको सन्देश
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई

नगरौ कहिले झगडा हामि भाइ भाइमा
के गर्न सक्छौ सोचौ पहिले देशको भलाइमा
नगरौ कहिले झगडा हामि भाइ भाइमा
के गर्न सक्छौ सोचौ पहिले देशको भलाइमा
देश भन्दा माथि केहि छैन देशै हो सर्वच्च्व
माटोको माया गर्ने हाम्रो भावना छ उच्च
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई