Read Time:1 Minute, 11 Second
[Lyrics for Deepesh Kishor Bhattarai – Bhagwan Maryo]
सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ
सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ
त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई

कहाँ हुँदो रहेछ यहाँ दुख थाप्ने साथी
थेग्नु पर्दो रहेछ यहाँ आकाश खस्दा आफ्नै माथी
चर्केको छाती चर्किनै रह्यो के हुन्थ्यो र सुम्सुमाई
त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई
त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई
कहाँ पाईंदो रहेछ मुक्ति यहाँ खरानी धसी
नमिल्यो कतै यहाँ भाग्य सच्याउने मसी
साथ भरी घात बिझ्यो आफ्नै भए पराई
त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई
त्यसै दिन भगवान् मर्यो के हुन्थ्यो र रोईकराई
सबै बाटो बन्द थियो म रोएँ छट्पटाएँ…