Skip to content
Home » Explore Song Lyrics » Kandara – Bichara Ma Lyrics

Kandara – Bichara Ma Lyrics

  • by
Read Time:1 Minute, 0 Second

[Lyrics for Kandara – Bichara Ma]

इलामे चियाले मितेरी लायो
मुस्ताङ्गे मिठो स्याउ संग
डोटेली रानीले साँकेला नाँचिन
पूर्वेली हाङ्ग संग
आफ्नो त भागमा धोका पो रैछ
लाखौं र हजार
बिचरा म
यस्तै छ मेरो माया को संसार

तेलकासा खेल्दा टुटेको मन आज नि टुट्दैछ
एउटा मुटु थ्यो आफ्नो भन्ने त्यो पनि छुट्दैछ
यहाँ त आत्मा नै बेचिदो रैछ यो कस्तो बजार
बिचरा म
यस्तैछ मेरो मायाको संसार

न बज्छ मनको सारंगी आज न बज्छ बिनायो
यो झिल्के दुनिया माया को अचेल मूल्य नै हरायो
सिमसिमे पानी बर्षि नै रहन्छ आँशुको असार
बिचरा म
यस्तै छ मेरो माया को संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *