Read Time:1 Minute, 14 Second
[Lyrics for Karna Das – Berthai Pheri]
व्यर्थै फेरी घाईते मुटु बल्झियो
व्यर्थै फेरी घाईते मुटु बल्झियो
बल्झाइको भुमरीमा
जिन्दगी नै अल्झियो
जिन्दगी नै अल्झियो
व्यर्थै फेरी घाईते मुटु बल्झियो
सधैं हिडँने बाटो पनि
आज किन दुख्छ
सधैं हिडँने बाटो पनि
आज किन दुख्छ
जता जाउँ आफ्नै आँशु
बाटो मलाई छेक्छ
पलाँसको छाती भरी
झनै धेरै व्यथा
हाँगाको मन कति रोयो
झर्ने फूललाई के थाहा
व्यर्थै फेरी घाईते मुटु बल्झियो
हाँसो छर्ने जूनको ओठमा
शीत तप्के जस्तो
हाँसो छर्ने जूनको ओठमा
शीत तप्के जस्तो
चाँदनीमा बाफिएर
रात रोए जस्तो
बसन्तले छाती भरी
काँडा किन रोप्यो
बाजो मनको खडेरीमा
आगो कस्ले झोस्यो
व्यर्थै फेरी घाईते मुटु बल्झियो
बल्झाइको भुमरीमा
जिन्दगी नै अल्झियो
जिन्दगी नै अल्झियो
व्यर्थै फेरी घाईते मुटु बल्झियो