Skip to content
Home » Explore Song Lyrics » Kiran Gajmer – Nadekhinya Ghau Lyrics

Kiran Gajmer – Nadekhinya Ghau Lyrics

  • by
Read Time:47 Second

[Lyrics for Kiran Gajmer – Nadekhinya Ghau]

नदेखिन्या घाउ लाग्छ मलम काहाँ लाउन्या
पिडा बोकी कसरी हो खुसिका गित गाउन्या
जति भिडमा हिडेपनि एक्लै परीन्छ नि
नरोउँ भन्छु तर यसै आँखा भरिन्छ नि

बोक्याको छु आँखाभरि सपनाको भारी
जिन्दगीको भेल तरी कसरी जाउँ पारी
यस्तो लाग्छ खुसी नभै यसै मरीन्छ नि
नरोउँ भन्छु तर यसै आँखा भरिन्छ नि

माथि पुग्दा सबै लाग्छन् तल खसाउन
कोही आउँदैन याहाँ लड्दा उठाउन
चुडिएर मालासरी खुसी छरिन्छ नि
नरोउँ भन्छु तर यसै आँखा भरिन्छ नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *