Skip to content
Home » Explore Song Lyrics » Mamata Dipbim – Timro Yadma Kalpi Kalpi Lyrics

Mamata Dipbim – Timro Yadma Kalpi Kalpi Lyrics

  • by
Read Time:1 Minute, 26 Second

[Lyrics for Mamata Dipbim – Timro Yadma Kalpi Kalpi]

तिम्रै यादमा कल्पी कल्पी
छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै
भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी

वाचाहरु पहिरो जस्तै भताभुंग हुँदा
आसाहरु मुख छोपी कहाँलिदै रुदा
वाचाहरु पहिरो जस्तै भताभुंग हुँदा
आसाहरु मुख छोपी कहाँलिदै रुदा
कसो गरी निदाउनु
सारा बहहरु पाली
खोइ कसरी सुत्न सक्नु
मिठो सपना सिरानमा लिई
त्यसैले त रोए खुशी
आज राती डाँको छाडि
तिम्रै यादमा कल्पी कल्पी

जता फर्क्यो ओछयानमा आइरहन्छ झल्को
मायालुको सम्झनालाई धान्न भो चर्को
जता फर्क्यो ओछयानमा आइरहन्छ झल्को
मायालुको सम्झनालाई धान्न भो चर्को
यो छातिमा हाम्रो मिलन
ज्वाला सरी दन्किरह्यो
हाम्रो नाता मुटुभित्र
घरी घरी दुखिरह्यो
कसो गरी घटाउनु
परेली यो भिजिरह्यो

तिम्रै यादमा कल्पी कल्पी
छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै
भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी…