[Lyrics for Mantra Band – Paheli]
बिर्सेर फेरी तिमीलाई आज सम्झेछु
खाएको कसम अन्जानमा तोडे छु
यादले तिम्रो मलाई अतित मै बगायो(बगायो)
कहाँ कहाँ बाट तिम्रो यादले हाम्रो कथाको दियो जलायौ
सम्झनाले सारा यो मन दुखायो(दुखायो)
टाढा टाढा भैदियौ तिमी म देखि
विवशमा डुबायौ मलाई फेरी |
के सम्झिन्छौ तिमी मलाई कहिले काहिँ आज भोलि
मायाको परिभाषा बुझ्न नसक्ने कस्तो यो पहेली …
माया तिमीलाई गरेकै थिए
बलिदान धेरै दिएकै थिए
जुनी भरिको माया तिमीलाई बर्साए(बर्साए)
सजाएको थिए सानो सपना तिम्रो र मेरो एउटा सानो संसार
तर सुन्य निरासामा आफैलाई म पाए (म पाए)
टाढा टाढा भैदियौ तिमी म देखि
विवशमा डुबायौ मलाई फेरी |
के सम्झिन्छौ तिमी मलाई कहिले काहिँ आज भोलि
मायाको परिभाषा बुझ्न नसक्ने कस्तो यो पहेली ..
भुल्न सकिन तिमीलाई कहिले कोसिस गरे थिए सक्दै सकिन
टाढा टाढा भैदियौ तिमी म देखि
विवशमा डुबायौ मलाई फेरी |
के सम्झिन्छौ तिमी मलाई कहिले काहिँ आज भोलि
मायाको परिभाषा बुझ्नै नसक्ने ..
के सम्झिन्छौ तिमी मलाई कहिले काहिँ
आज भोलि मायाको परिभाषा बुझ्न नसक्ने कस्तो यो पहेली |