Skip to content
Home » Explore Song Lyrics » Mausam Himali – Ram Saili Lyrics

Mausam Himali – Ram Saili Lyrics

  • by
Read Time:2 Minute, 35 Second

[Lyrics for Mausam Himali – Ram Saili]

राम साईला केटि मान्छे देखनै हुन्न लगाई हाल्छन आँखा
राम साईला किन होला केटा मान्छे झन उत्ताउला भाका
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
आजै हो पिरती गास्न जानेकी
कोहि संग खुलेर हास्न जानेकी !!

राम साईली पिरतीको नसा कस्तो नपियरै मात्ने।
राम साईली सुम्पिहाल लाली जोवन कसलाई होर साच्ने
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
बाडुल्कि लाग्याथ्यो मलाई कुटुक्कै
मुसुक्क हासेर आयौ सुटुक्कै !!

राम साईला कत्ति धेरै कुराहरु गाठो पारेकी छु
राम साईला सरमैले मनका रहर मनमै मारेकी छु
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
सबै चिज जानेको मेरा बाजाले
फुल दियो हातैमा मरे लाजले !!

राम साईली जता फुल उतै तिर भमराको हुल
राम साईली टिप्न मन छ मलाई हजुर त्यो बैसालु फुल
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
नसालु आँखैमा गाजल लाइदिउला
आउ एता ओठैमा चुप्पा खाइदिउला !!

राम साईला तिम्रै अभाब होकी जस्तो लाग्छ आज भोलि
राम साईला भोकै मेटी जान्छ होला सुन्न पाय बोलि
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
मन पर्ने पराउने छन त कत्ति छन
बैमानी मायाले जित्यो मेरो मन !!

राम साईली पिरतीको प्यासी भय पिरतिकै रोगि
राम साईली ओठ टोकी सर्न्माउदा राम्री लाग्छेउ औधि
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
काखैमा राखौकी राखौ छातीमा
किन्दिउला नौगेडी लाउलि घाटीमा !!