Skip to content
Home » Explore Song Lyrics » Ram Krishna Dhakal – Jalan Lyrics

Ram Krishna Dhakal – Jalan Lyrics

  • by
Read Time:1 Minute, 16 Second

[Lyrics for Ram Krishna Dhakal – Jalan]

ममा पनि जलन छ, तिमीमा पनि जलन छ
यहाँ अरूको उचाईमा ईर्ष्या गर्ने चलन छ
किन यस्तो हुन्छ तिमीमा ?
किन यस्तो हुन्छ ममा ?
यो दुई दिनको जिन्दगानीमा,
किन मन धमिलो छ हामीमा ?

मैले फूल रोपें भने तिमी काँडा फुलोस् नभन
मेरो शिखरको यात्रामा तिमी हिऊँ पहिरो नबन
म पनि तिमीलाई माया गरूँ तिम्रो निम्ति केही गर्न सकूँ
तिमीलाई माथि लैजानु परे मैदानमै पनि झर्न सकूँ

जो जो जति उडे पनि उड्न पुग्ने गगन छ
तर किन हरेकलाई आफू मात्र उड्ने मन छ
किन यस्तो

मुखले ठिक्क पार्छौं सँधै, मनमा भने खोट् हुन्छ
ब्यबहारमा घात हुन्छ, भरोसामा चोट हुन्छ
आफ्नै मनलाई मात्र सुन्ने , मतलबी हुन नपरोस्
अरूको विश्वास कुल्चिएर, आकाश छुन नपरोस्

किन गर्नु मैलो मन यति छोटो जीवन छ
सफा सोच राखे पो सबैको मन रहन्छ
ममा पनि जलन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *