0 0
Read Time:1 Minute, 44 Second

[Lyrics for “Sajjan Raj Vaidya – Dhairya”]

[Verse 1]
बोलीले तिमीलाई तर्साए
नबोली नै बसौँ न मायालु
बचनले तिमीलाई झस्काए
कसम नखाई दिउँला म बरु
तिम्रो लालीले अंगाली
लैजाऊ न मलाई
अतासिँदै ढुकढुकाउने
ढुकढुकीको बास मै

[Chorus]
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लवज सिकाउन
धैर्य सिकी बसुन्जेल म
केही बेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन…

[Verse 2]
तिमीले हात यो नाचिने
अल्झाई बसौँ माया एकै छिन
औंला यी बुनेरै राखे सरी
चिन्छौ कि स्पर्श मेरो कुनै दिन
मेरा भाका, राखी राख
तिम्रा ओठ बीचमै
ती ओठले आँफै-आँफै
गुनगुनाउने गीत झैँ

[Chorus]
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लवज सिकाउन
धैर्य सिकी बसुन्जेल म
केही बेर लागे केही छैन
तिम्रो मनलाई मेरो याद आउन…

[Refrain]
माया धेरै बेर लगाएर
तिमी कहाँ आएँ म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु

[Refrain]
धेरै बेर लगाएर
तिमी कहाँ आएँ म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *